Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

पूर्ण र आंशिक गरी निषेधाज्ञा जारी जिल्लाको संख्या ६२ पुग्यो (सूचिसहित)

पूर्ण र आंशिक गरी निषेधाज्ञा जारी जिल्लाको संख्या ६२ पुग्यो (सूचिसहित)

  • शनिवार, बैशाख २५ २०७८

  • 1.4K
    SHARES

  • पूर्ण र आंशिक गरी निषेधाज्ञा जारी जिल्लाको संख्या ६२ पुग्यो (सूचिसहित)

    काठमाडौं । नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि मुलुकका विभिन्न जिल्लामा निशेषाज्ञा जारी छ ।

    आज (शनिबार) सम्म निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ६२ पुगेको गृहमन्त्रालयले जनाएको छ ।

    वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ६२ जिल्लामा पुगेको हो । त्यसमध्ये ५० जिल्लामा पूर्ण र १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । अब १५ जिल्ला मात्र खुला छन् ।

    कोरोनाको सङ्क्रमण देशभर नै बढिरहेकाले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयको अनुमान छ । गृह मन्त्रालयले काम नपरि बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।

    अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

    सरकारले हिमाली र पहाडी जिल्लामा दुई सय जना सक्रिय सङ्क्रमित भएमा र तराई तथा सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार निषेधाज्ञा लगाउँदै आएका छन् ।

     

     


    शनिवार, बैशाख २५ २०७८०८:५१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij