Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

  • शनिवार, बैशाख २५ २०७८

  • 1.2K
    SHARES

  • रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देही थप दुईजनाको मृत्यु भएको छ ।

    बुटवल उपमहानगरपालिका– १ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार दुबैजना बैशाख २२ गते अस्पतालको आइसियुमा भर्ना भएका थिए । उनीहरुमध्ये ४८ वर्षीय पुरुषको गएराति ११ बजे र ३० वर्षीया महिलाको शनिवार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

    योेसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५५ पुगेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले शुक्रबार दिउँसो ४ः३० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार रुपन्देहीमा २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ ।

    शुक्रबार रुपन्देहीमा ७ सय ८२ जना नयाँ संक्रमित थपिएका थिए । जिल्लामा ६ हजार सक्रिय संक्रमित पुगेका छन् ।


    शनिवार, बैशाख २५ २०७८०८:२०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij