Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमित पूर्वरानी कोमलको स्वास्थ्यमा 'उल्लेख्य' सुधार

कोरोना संक्रमित पूर्वरानी कोमलको स्वास्थ्यमा 'उल्लेख्य' सुधार

  • शनिवार, बैशाख २५ २०७८

  • 825
    SHARES

  • कोरोना संक्रमित पूर्वरानी कोमलको स्वास्थ्यमा 'उल्लेख्य' सुधार

    काठमाडौं । कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनुभएकी पूर्व रानी कोमल शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

    उपचारका लागि नर्भिक अस्पतालमा रहनुभएकी शाहको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

    आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि कोमललाई बैशाख २२ गतेदेखि वार्डमा सारिएको हो ।

    उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

    नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र प्रेरणा शाहको अवस्था भने सामान्य छ ।


    शनिवार, बैशाख २५ २०७८०७:३८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij