काठमाडौं । पछिल्लो २४ घण्टा नवित्दै बाँकेमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
बाँकेको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा गएरातिदेखि आज विहानसम्म १० जनाको मृत्यु भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जनाकारी दिनुभयो ।
मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय पुरुष, कैलालीकी ४८ वर्षीय महिला छन् । आठ जना भने बाँके जिल्लाका रहेको वलीले बताए। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–६ का ३४ वर्षका पुरुष, नेपालगञ्ज –१८ की ५६ वर्षीया महिला, नेपालगञ्ज कै ५२ वर्षीय पुरुष, ६० वर्षकी महिला ५४ वर्षीया महिला र ५४ वर्षकै पुरुष छन् ।
त्यस्तै २७ वर्षकी महिला र ६१ वर्षका पुरुष संक्रमणबाट मृत्यु भएको छ । यो सँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६९ पुगेको छ । बाँकेमा बाहिरी जिल्लाबाट उपचारमा आएका १३० जनाको मृत्यु भएको छ ।