Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ५१ पुग्यो (सूचिसहित)

कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ५१ पुग्यो (सूचिसहित)

  • बुधवार, बैशाख २२ २०७८

  • 1.0K
    SHARES

  • कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ५१ पुग्यो (सूचिसहित)

    काठमाडौं । नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि मुलुकका विभिन्न स्थानमा निशेषाज्ञा जारी छ ।

    आज (बुधबार) देखि थप ६ वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बाजुरामा बिहान ५ बजेदेखि र रोल्पामा बिहान ६ बजेदेखि निषेज्ञाज्ञा सुरु भएको हो ।

    महोत्तरीमा बेलुकी ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ । म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुने गृह मन्त्रालयले जनाएको छ । ६ जिल्ला थपिएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ५१ पुगेको छ ।

    गृह मन्त्रालयका अनुसार सिराहा, बारा र बाग्लुङमा भोलि बिहानदेखि निषेधाज्ञा लागू हुनेछ । यो सँगै निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ५१ पुग्नेछ ।

    निषेधाज्ञा लगाउँदासमेत कोरोना भाइरसको सङक्रमण कम नभएका जिल्लामा थप कडाइ गरिएको छ । कैलालीमा ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

    यस्तै सुर्खेत, कास्की र पर्सामा ३१ गते राति १२ बजेसम्मका लागि थपिएको छ । बाँकेमा २७ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने भएको छ ।

    कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ ।

    अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

    हेर्नुहोस् कुन जिल्लामा कहिलेसम्म : 

     

     
     
     


    बुधवार, बैशाख २२ २०७८०७:५०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij