Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

रेम्डेसिभर औषधि बढी मूल्यमा बेचेको पाइएमा कारबाही हुने

रेम्डेसिभर औषधि बढी मूल्यमा बेचेको पाइएमा कारबाही हुने

  • मंगलवार, बैशाख २१ २०७८

  • 863
    SHARES

  • रेम्डेसिभर औषधि बढी मूल्यमा बेचेको पाइएमा कारबाही हुने

    काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डेसिभर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने भएको छ ।

    विभागका महानिर्देशक भरत भट्टराईले हिजो सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने बताउनुभएको छ ।

    सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डेसिभर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने उहाँको भनाइ छ ।

    विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न-नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरीद नगर्न सबैमा आग्रहसमेत गरेको छ ।

    अहिले सङ्क्रमण बढिरहेका अवस्थामा रेम्डेसिभरलाई बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । रेम्डेीसभरको एक मात्राका लागि करीब रु पाँच हजार पर्छ ।


    मंगलवार, बैशाख २१ २०७८०८:५०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij