Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट धनगढी अस्पतालमा थप ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट धनगढी अस्पतालमा थप ४ जनाको मृत्यु

  • मंगलवार, बैशाख २१ २०७८

  • 585
    SHARES

  • कोरोना संक्रमणबाट धनगढी  अस्पतालमा थप ४ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चार संक्रमितको मृत्यु भएको हो ।

    अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक–एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जानकारी दिनुभयो ।

    वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताउनुभयो ।

    कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षीय पुरुषको पनि मृत्यु भएको उहाँले जानकारी दिनुभयो।


    मंगलवार, बैशाख २१ २०७८०७:४५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij