Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यसकारण भयो जनगणना स्थगित

यसकारण भयो जनगणना स्थगित

  • सोमवार, बैशाख २० २०७८

  • 1.2K
    SHARES

  • यसकारण भयो जनगणना स्थगित

    काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२ औं राष्ट्रिय जनगणना तत्कालका लागि स्थगित भएको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

    कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो । कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि सरकारले स्थगित गरेको थियो ।

    सबै पक्षहरूसँग छलफल गरेर जनगणना स्थगित गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले बताउनुभयो ।

    कोभिड संक्रमणको दर कस्तो हुन्छ त्यसलाई मध्यनजर गरेर जनगणनाको अर्को मिति तय गरिने पनि उहाँको भनाइ छ ।

     


    सोमवार, बैशाख २० २०७८०२:०९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij