Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि मनाइँदै

  • सोमवार, बैशाख २० २०७८

  • 997
    SHARES

  • आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि मनाइँदै

    काठमाडौं । आज (सोमबार) विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले कोरोनाको सङ्क्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्था एकातिर रहेको र यही कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि रहेको उल्लेख गर्नुभएको छ ।

    नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरूको सङ्ख्या ५ सय १७ रहेको उहाँको भनाइ छ ।

    महासङ्घले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

    हरेक वर्षको मे ३ लाई युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ ।
    नेपालमा पनि पत्रकार महासङ्घको आयोजनामा युनेस्कोसँगको सहकार्यमा आज भर्चुअलरूपमा अन्तरक्रिया हुँदैछ ।


    सोमवार, बैशाख २० २०७८०९:१७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij