Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१३ औं सागका स्वर्ण पदक विजेतालाई कांग्रेसले नगदसहित सम्मान गर्ने

१३ औं सागका स्वर्ण पदक विजेतालाई कांग्रेसले नगदसहित सम्मान गर्ने

  • मंगलवार, श्रावण ६ २०७७

  • 909
    SHARES

  • १३ औं सागका स्वर्ण पदक विजेतालाई कांग्रेसले नगदसहित सम्मान गर्ने

    नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नेपाली कांग्रेसले नगदसहित सम्मान गर्ने भएको छ ।

    नेपाली कांग्रेसको केन्द्रिय खेलकुद विभागको हिजो बसेको बैठकले सागका स्वर्ण विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । कांग्रेसले मोहनबहादुर बस्नेतको नेतृत्वमा केन्द्रिय खेलकुद विभाग गठन गरेको थियो । विभागले पूर्णता पाएसंगै पहिलो बैठकले पाटीगत रुपमा खेलकुद गतिविधि अघि बढाउने निर्णय गरेको हो ।

    बैठकले जापानमा हुने तय भएको टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडी तथा अफिसियलको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

    यस्तै, लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्धेश्यले पाटी सभापतिको नाममा सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता बार्षिक रुपमा आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।


    मंगलवार, श्रावण ६ २०७७०४:३६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij