Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मुम्बईसँग चेन्नई ४ विकेटले पराजित

मुम्बईसँग चेन्नई ४ विकेटले पराजित

पोलार्डको उत्कृष्ट प्रदर्शन
  • आइतवार, बैशाख १९ २०७८

  • 938
    SHARES

  • मुम्बईसँग चेन्नई  ४ विकेटले पराजित

    काठमाडौं– इन्डियन प्रियिमर लिग (आईपीएल) अन्तर्गतको गएराति सम्पन्न खेलमा मुम्बईले जित हात पारेको छ। शनिबार राति दिल्लीमा सम्पन्न खेलमा अलराउन्ड केइरन पोलार्डको उत्कृष्ट अलराउन्डर प्रदर्शनपछि मुम्बई इन्डियन्ससँग चेन्नई सुपर किंग्स ४ विकेटले पराजित भएको हो।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएकको चेन्नईले दिएको २१९ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो।

    पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनाएको थियो। उसका लागि अम्बाती रायाडुले सर्वाधिक ७२ रन बनाए। उनले २७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७२ रन बनाएका थिए।

    यस्तै, चेन्नईका लागि फाफ डु प्लेसिस र मोइन अलीले पनि अर्धशतकीय पारी खेले। अलीले ३६ बलमा ५८ रन बनाउँदा डु प्लेसिसले २८ बलमा ५० रन बनाए।

    मुम्बईका पोलार्डले २ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए भने ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले समान एक विकेट लिए।
    मुम्बईको जितमा पोलार्डले विस्फोटक इनिङ खेले। उनले ३४ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै अविजित ८७ रन बनाए।
    मुम्बईका क्वेन्टन डि ककले ३८ र कप्तान रोहित शर्माले ३५ रन बनाए। त्यस्तै, क्रुनाल पाण्ड्याले ३२ रन बनाए। चेन्नईका साम कुरानले ३ विकेट तथा मोइन अली र रवीन्द्र जडेजाले समान एकरएक विकेट लिए।

    जितसँगै मुम्बई ७ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा छ। ७ खेलमा १० अंक जोडेको चेन्नई पारजयपछि पनि शीर्ष स्थानमा यथावत् छ।


    आइतवार, बैशाख १९ २०७८०६:३७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij