काठमाडौँ -नेपालमा पछिल्लो चौबिस घण्टामा १५० कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चौबिस घण्टामा १५० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रेफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार जानकारी दिए ।
यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ७७ रहेको छ । पछिल्लो चौबिस घण्टामा ३९६३ जनाको पीसीआर परीक्षण गरिएको डा. गौतमले जानकारी दिए ।
क्वारेन्टिनमा रहेकाहरुको संख्या २१ हजार ७ सय ४ रहेको छ । पछिल्लो चौबिस घण्टामा ६०९ जना संक्रमण मुक्त भइ आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । जुन कुल संक्रमित मध्येको ६९.३४ प्रतिशत रहेको डा. गौतमले जानकारी दिए ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण जम्मा ४० जनाको मृत्यु भएको छ।