Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्याइँने छ : प्रधानमन्त्री (भिडियो सन्देशसहित)

श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्याइँने छ : प्रधानमन्त्री (भिडियो सन्देशसहित)

  • शनिवार, बैशाख १८ २०७८

  • 970
    SHARES

  • श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्याइँने छ : प्रधानमन्त्री (भिडियो सन्देशसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८-७९ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पु¥याइने बताउनुभएको छ ।

    श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हालसम्मको न्यूनतम पारिश्रमिकको पुनरावलोकन गर्दै मासिक १३ हजार ४ सय ५० बाट बढाएर १५ हजार पु¥याइने उल्लेख गर्नुभएको हो ।

    यसैगरी, सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस महामारीको कठिन परिस्थितिमा सरकारले मजदुर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्दै सरोकारवाला सबैले श्रमिकको हितका लागि गम्भीरतापूर्वक सोच्ने र श्रमिकमैत्री वातावरण बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका सबै श्रमजीवि जनसमुदायमा सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

    प्रधानमन्त्रीले दिनुभएको भिडियो सन्देश यस्तो छ :


    शनिवार, बैशाख १८ २०७८१२:१६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij