Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु, पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु, पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य

  • शुक्रवार, बैशाख १७ २०७८

  • 916
    SHARES

  • पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु, पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य

    काठमाडौं । कोरोना सङ्क्रमण भई अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।
    उहाँलाई यो विधिबाट हिजो साँझदेखि उपचार थालिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको हो ।

    उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको थियो । आज पनि उहाँलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

    अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँलाई पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

    तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उहाँहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।


    शुक्रवार, बैशाख १७ २०७८१०:४६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij