Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न गृह मन्त्रालयको आग्रह

अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न गृह मन्त्रालयको आग्रह

  • शुक्रवार, बैशाख १७ २०७८

  • 904
    SHARES

  • अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न गृह मन्त्रालयको आग्रह

    काठमाडौं । गृह मन्त्रालयले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ ।

    गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा बिहीबार जारी विज्ञप्तिमा निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न आम सर्वसाधारणमा आग्रह गरिएको हो ।

    कोरोना संक्रमणको गति बढ्दै गएपछि देशभरका ७७ जिल्लामध्ये बिहीबारसम्म १५ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

    विज्ञप्तिमा ‘कोरोना संक्रमण दोस्रो लहरमा तीव्र गतिमा फैलिरहेका कारण उत्पन्न विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासको अतिरिक्त अन्य सबै सरोकारवालाको सहयोग र सहकार्य जरुरी भएको’ उल्लेख छ ।


    शुक्रवार, बैशाख १७ २०७८०६:५३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij