Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निशेधाज्ञामा काठमाडौं उपत्यकाका दृश्य हेर्नुहोस् ६ तस्बिरमा !

निशेधाज्ञामा काठमाडौं उपत्यकाका दृश्य हेर्नुहोस् ६ तस्बिरमा !

  • बिहिवार, बैशाख १६ २०७८

  • 1.2K
    SHARES

  • निशेधाज्ञामा काठमाडौं उपत्यकाका दृश्य हेर्नुहोस् ६ तस्बिरमा !

    काठमाडौं । काठमाडौं महामारीबाट जोगिन भन्दै सरकारले आजदेखि काठमाडौं उपत्यकाका तीनसहित देशभरका १५ जिल्लामा निशेधाज्ञा लगाएको छ । उपत्यकामा निषेधाज्ञा लागू गराउन बिहानैदेखि प्रहरी सक्रिय भएको छ । त्यसका लागि उपत्यकाका ५६ स्थानमा ट्राफिक र जनपद प्रहरीले संयुक्त रूपमा चेकजाँच गरिरहेका छन् ।

    lockdown (3).jpg

    काठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरका ४ स्थानमा चेकजाँच भइरहेको काठमाडौं महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

    lockdown (5).jpg

    निषेधाज्ञा कार्यन्वयनका लागि ३ जिल्लामा ३ हजार २ सय जनपद प्रहरी र ५ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । नियम उल्लंघन गर्ने सवारीसाधान तथा सर्वसाधारणलाई प्रहरीले कारबाही गरिरहेको छ ।

    lockdown (1).jpg

    प्रहरीका अनुसार बिहान १० बजे अगाडिसम्म ५ सयभन्दा बढी व्यक्ति कारबाहीमा परिसकेका छन् ।

    lockdown (2).jpg

    काठमाडौंमा २०९ जना, ललितपुरमा २१७ र भक्तपुरमा १०७ जनालाई सडकमै केहीबेर उभ्याएर कारबाही गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

    lockdown (6).jpg

    यस्तै १७७ दुईपांग्रे र ४१ वटा चारपांग्रे सवारीसधानलाई पनि प्रहरीले निन्त्रणमा लिएको छ ।

    तस्बिरहरु : सामाजिक सञ्जाल ।



    बिहिवार, बैशाख १६ २०७८१२:४५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij