Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

बाँके र बर्दियामा आजदेखि एक साता निषेधाज्ञा लागु

  • सोमवार, बैशाख १३ २०७८

  • 500
    SHARES

  • बाँके र बर्दियामा आजदेखि एक साता निषेधाज्ञा लागु

    काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आज (सोमबार) बाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ ।

    यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार आज राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ । निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।

    यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् बाँके र बर्दिया दुवै जिल्लाका सिमाना भारतसँग जोडिएका छन् ।

    सोमवार, बैशाख १३ २०७८०८:५४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij