Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

दुई-तीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमै सकिने अवस्था

दुई-तीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमै सकिने अवस्था

  • सोमवार, बैशाख १३ २०७८

  • 704
    SHARES

  • दुई-तीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमै सकिने अवस्था

    काठमाडौं । कोरोना महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन् ।

    ‘पहिले सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्रतिमिनेट २ देखि ४ लिटर अक्सिजन चाहिन्थ्यो भने अहिले प्रतिमिनेट १५ लिटर चाहिने भएको छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राज भण्डारीले भने, ‘अहिले लक्षण कडा खाले छन् र रोगले छिटो च्याप्ने गरेको देखिएको छ ।’

    उक्त अस्पतालले भारतबाट तरल अक्सिजन ल्याएर प्लान्टमा राखी पाइपमार्फत सीधै बेडमा पुर्याउने गरेको छ । राजभण्डारीले दुई–तीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमा सकिने अवस्था आएको बताउँदै त्यसपहिले नै भारतबाट आपूर्ति हुने जानकारी दिए ।


    भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले गरेको एक अध्ययनअनुसार पहिलो लहरमा ४१।५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक पर्थ्यो भने दोस्रो लहरमा ५४।५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक रहेको छ ।


    सोमवार, बैशाख १३ २०७८०६:५९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij