Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दार्चुलामा पहिरो: २ जना बेपत्ता

दार्चुलामा पहिरो: २ जना बेपत्ता

  • मंगलवार, श्रावण ६ २०७७

  • 1.2K
    SHARES

  • दार्चुलामा पहिरो: २ जना बेपत्ता

    दार्चुलामा पहिरोले पुरिएर २ जना बेपत्ता भएका छन भने २ जनाको जीवितै उद्धार गरिएको छ । आज बिहान मालिकार्जुन गाउँपालिका–८ शंकरपुर पस्तीमा घर माथिबाट पहिरो खसेर घाइते भएका २ जनाको जिवितै उद्धार गरिएको हो भने २ जना अझै वेपत्ता छन् ।

    पहिरोमा पुरिएका ३५ वर्षीया लक्ष्मी ढोली र ९ वर्षीय छोरा शुवम परियारको जिवितै उद्धार गरिएको दार्चुला प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

    पहिरोमा परी घाइते भएकी लक्ष्मीको उपचारको लागि हेलिकोप्टरको व्यवस्था गर्ने तयारी भइरहेको छ । दिदी भेट्न पस्ती आएका लेकम गाउँपालिका घर भएका मिलन दमाई र अर्जुन दमाईको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ ।


    मंगलवार, श्रावण ६ २०७७११:३८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij