Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

विनाशकारी महाभूकम्पको ६ वर्ष पूरा

विनाशकारी महाभूकम्पको ६ वर्ष पूरा

  • आइतवार, बैशाख १२ २०७८

  • 1.0K
    SHARES

  • विनाशकारी महाभूकम्पको ६ वर्ष पूरा

    काठमाडौँ । गोरखाको बारपाक केन्द्रबिन्दू भएर वि.स. २०७२ साल बैशाख १२ गते गएको को आज ६ वर्ष पूरा भएको छ ।
    राजधानी काठमाडौं उपत्यकासहित मध्य नेपालका १४ जिल्लामा नराम्ररी क्षति पु¥याएको भूकम्पले करिव ९ हजार मानिसको ज्यान लिएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । अन्य १८ जिल्ला कम प्रभावित बनेका थिए ।

    भूकम्पले गोखरा, सिन्धुपाल्चोक, दोलखा, रसुवा जिल्लाहरुमा बढी क्षति गराएको थियो । भूकम्पमा ८ लाखभन्दा बढी निजी आवास भत्किएका थिए भने ऐतिहासिक सम्पदा, विद्यालय, सार्वजनिक भवन, स्वास्थ्य संस्थासहित अन्य संरचनामा क्षति पुगेको थियो ।

    भूकम्पले नेपालको पुरातात्विक सम्पदाको रुपमा रहेको धरहरा ढलेको थियो भने थुप्रै सांस्कृति सम्पदामा असर गरेको थियो । पुनर्निर्माणपछि हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहराको उद्घाटन गर्नुभयो ।

    भूकम्प गएको ६ वर्ष वितिसक्दा समेत निजी तथा सार्वजनिक संरचनाहरुको पुनर्निर्माणको कामले भने अपेक्षाकृत रुपमा गति लिन सकेको छैन । सरकारले राष्ट्रिय पुनर्निर्माण प्रधीकरण स्थापना गरी पुनर्निर्माणको काम गरिरहेको छ ।


    आइतवार, बैशाख १२ २०७८०७:५०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij