Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

पूर्वराजा-रानीसँगै राजकुमारी प्रेरणालाई पनि कोरोना संक्रमण, तीनैजना अस्पताल भर्ना

पूर्वराजा-रानीसँगै राजकुमारी प्रेरणालाई पनि कोरोना संक्रमण, तीनैजना अस्पताल भर्ना

  • शनिवार, बैशाख ११ २०७८

  • 832
    SHARES

  • पूर्वराजा-रानीसँगै राजकुमारी प्रेरणालाई पनि कोरोना संक्रमण, तीनैजना अस्पताल भर्ना

    काठमाडौँ – कोरोना भाइरसबाट संक्रमित पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलराज्यलक्ष्मी शाह अस्पताल भर्ना हुनुभएको छ ।

    डाक्टरको सल्लाहमा उनीहरु नर्भिक अस्पताल भर्ना भएका हुन् ।

    शनिबार दिउँसो १ बजे उनीहरु भर्ना भएका नर्भिक अस्पतालले जनाएको छ ।

    यस्तै पूर्व राजाकी छोरी पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई पनि कोरोना संक्रमण भएको छ ।

    उनलाई पनि शनिबार नै पूर्व राजा रानी ज्ञानेन्द्र र कोमलसँगै नर्भिक अस्पतालमै लगिएको छ । पूर्व राजा ज्ञानेन्द्र हालै हरिद्वारमा आयोजित कुम्भ भेलामा सहभागी भएका थिए ।

    कुम्भ भेलामा सहभागी लाखौँमा कोरोना संक्रमण भएको भारतीय मिडियाले जनाएका छन् । भारतबाट फर्के लगत्तै पूर्व राजा रानीमा संक्रमण पुष्टि भएको थियो ।

    छोरीमा पनि बुबा आमाबाटै संक्रमण सरेको अनुमान गरिएको छ। नर्भिकमा भर्ना भएका तीनै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले प्रेस नोट जारी गरेर जानकारी दिएको छ।


    शनिवार, बैशाख ११ २०७८०४:५६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij