Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपीएलमा आज राजस्थान र कोलकत्ता भिड्ने

आईपीएलमा आज राजस्थान र कोलकत्ता भिड्ने

  • शनिवार, बैशाख ११ २०७८

  • 947
    SHARES

  • आईपीएलमा आज राजस्थान र कोलकत्ता भिड्ने

    एजेन्सी। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुने भएको छ ।

    आजको खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईको वानखेडे स्टेडियममा हुने यी दुई टोलीबीको खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

    समान ४ खेल खेलेका दुबै टोली प्रतियोगितामा दोस्रो जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । अङ्कतालिकामा समान २ अङ्क जोडेका कोलकाता सातौं र राजस्थान आठौं स्थानमा छन् ।

    यसअघि हिजो भएको खेलमा पञ्जाव किङ्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । चेन्नाईमा भएको खेलमा मुम्बई इन्डियन्सले दिएको १ सय ३२ रनको विजय लक्ष्य पञ्जावले १७ ओभर ४ बल खेल्दै एक विकेटको क्षतिमा पूरा गरेको थियो ।

    टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । ५ खेल खेलेको पञ्जाव २ जितसँगै ४ अङ्क जोडेर पाँचौं स्थानमा छ भने समान खेल र अङ्क जोडेको मुम्बई चौथौं स्थानमा छ ।


    शनिवार, बैशाख ११ २०७८११:४८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij