Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कोरोना बढ्यो, भिडभाड उस्तैः लापर्बाही बढ्दो, अनुगमन निष्प्रभावी

कोरोना बढ्यो, भिडभाड उस्तैः लापर्बाही बढ्दो, अनुगमन निष्प्रभावी

  • शनिवार, बैशाख ११ २०७८

  • 752
    SHARES

  • कोरोना बढ्यो, भिडभाड उस्तैः लापर्बाही बढ्दो, अनुगमन निष्प्रभावी

    काठमाडौं । देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ ।

    यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ ।

    तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै आएका छन् ।

    त्यस्तै, नियमनकारी निकाय सरकार र राजनीतिक दलले समेत जनस्वास्थ्य मापदण्ड पालना उल्लंघन गर्दै आएका छन् । अहिले दैनिकजसो शीर्ष दलले भेला, बैठक जारी नै राखेका छन् ।

    देशका मुख्य सहरमा भिडभाड कम हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि कार्यान्वयन भइरहेको छैन ।

     


    शनिवार, बैशाख ११ २०७८०६:४५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij