Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कोरोना कहरः पशुपतिमा दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने

कोरोना कहरः पशुपतिमा दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने

  • शुक्रवार, बैशाख १० २०७८

  • 804
    SHARES

  • कोरोना कहरः पशुपतिमा दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने

    काठमाडौं । पशुपतिनाथको मन्दिरमा आज (शुक्रबार) देखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो ।

    पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले विज्ञप्ति जारी गर्दै आजदेखि लागु हुने गरी अर्को निर्णय नआउन्जेल भक्तजनले पूजा गर्न नपाउने जानकारी दिनुभयो ।

    ‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले,’ कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ ।’

    विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणको लागि सक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गर्दै भोलिबाट अर्को व्यवस्था नभएसम्मको लागि भक्तजनको लागि मन्दिर बन्द गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


    शुक्रवार, बैशाख १० २०७८०७:११:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij