Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

रुसले बनाएको कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

रुसले बनाएको कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

  • बुधवार, बैशाख ८ २०७८

  • 1.7K
    SHARES

  • रुसले बनाएको कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

    काठमाडौं । रुसले बनाएको कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको छ।

    रुसको गामेलया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको खोप स्पुतनिक भी लाई औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो।

    यसअघि सरकारले अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको तथा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’, भारतकै भारत बायोटेक कम्पनीले बनाएको ‘कोभ्याक्सिन’ र चीनले बनाएको ‘भेरोसेस’ खोपलाई नेपालमा प्रयोगको अनुमति दिइसकेको छ।

    स्पुतनिक–५ खोप कोरोना भाइरसविरुद्ध ९१‍‍।६ प्रतिशतसम्म प्रभावकारी देखिएको निर्माता कम्पनीले दाबी गरेको छ।

    कम्पनीका अनुसार यो खोप २ देखि ८ डिण्ग्री सेल्सियससम्मको तापक्रममा भण्डारण गर्न सकिनेछ। नेपालमा स्पुतनिक–५ खोप आयातका लागि लोमस फर्मास्युटिकल्सलाई अनुमति दिइएको औषधि विभागले जनाएको छ।

    यो खोपलाई छिमेकी मुलुक भारतले पनि केही दिनअघि मात्र आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।

     

    sputnikv

     

     


    बुधवार, बैशाख ८ २०७८०७:२१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij