काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ ।
टियु क्रिकेट मैदानमा नेपालले तेस्रो खेलमा नेदरल्यान्ड्स खेल्ने छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुने छ ।
नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ ।
सिरिजको दुई खेलमा नेपाल अपराजित रहेको छ । नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अंक जोडेको छ ।
नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल नेदरल्यान्ड्सलाई हराएर लगातार तेस्रो जित निकाल्न चाहन्छ ।
नेदरल्यान्ड्स पनि नेपाललाई हराएर फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
नेदरल्यान्ड्सले २ खेलमा १ जितसहित २ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।
दुई खेक गुमाएको मलेसियाले अंक जोड्न सकेको छैन । राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।
नेदरल्यान्ड्सलाई हराएमा नेपाल लगातार तेस्रो जितसहित एक खेल अगाबै फाइनल पुग्ने समीकरण रहेको छ ।
पहिलो खेलमा नेदरल्यान्ड्सलाई सहजै ९ विकेटले हराएको नेपाल दोस्रो भेटमा पनि त्यहिँ नतिजा निकाल्ने योजनामा रहेको छ । तर, बलियो टिम नेदरल्यान्ड्सविरुद्ध नेपाललाई सहज भने हुने छैन ।
कोरोना भाईरसको महामारीको कारण दर्शकलाई निषेध गरिएको छ । दर्शक बिना मैदान उत्रदा नेपाललाई केहि घाटा भने हुने छ ।
पहिलो खेलमा नेपालसँग स्तब्ध भएको नेदरल्यान्ड्सले दोस्रो खेलमा मलेसियामाथि जित निकालेको थियो । म्याक्सले शतक बनाएपछि नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको हो ।