काठमाडौँ । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ ।
पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदै छ । यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।
जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको लिमिटेडले जनाएको छ । लिमिटेडका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिनुभयो ।
मेलम्चीको पानी उपत्यकामा सातवटा पोखरीबाट वितरण गरिएको छ ।