Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

९९.५ मेगावाट क्षमताको तामाकोसी–५ निर्माणको तयारी

९९.५ मेगावाट क्षमताको तामाकोसी–५ निर्माणको तयारी

  • मंगलवार, बैशाख ७ २०७८

  • 668
    SHARES

  • ९९.५ मेगावाट क्षमताको तामाकोसी–५ निर्माणको तयारी

    काठमाडौं । माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ ।

    दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ भने वित्तीय व्यवस्थापनका लागि अन्तिम पहल भइरहेको जनाइएको छ ।

    ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युत्गृहमा पुर्‍याउने र त्यहाँबाट विद्युत् उत्पादन गर्ने योजनाअनुरूप नेपाल विद्युत् प्राधिकरणले यो आयोजना बनाउन लागेको हो ।

    प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तामाकोसी–५ जलविद्युत् कम्पनीमार्फत काम अगाडि बढाइरहेको जानकारी दिनुभयो

    जनताको जलविद्युत् कार्यक्रममा राखिएको यो आयोजना आगामी आर्थिक वर्षभित्र निर्माण थाल्ने योजना प्राधिकरणको छ ।

    “हाम्रो योजनाअनुसार अब लगानीकर्तासँग छिट्टै समझदारीपत्रमा हस्ताक्षर गर्ने छौँ । त्यसलगत्तै ठेक्का प्रक्रिया सुरु गर्न पाए र सरकारले पर्याप्त बजेट विनियोजन गरे आर्थिक वर्ष २०७८र७९ भित्र निर्माण थाल्ने छौँ”, उहाँले भन्नुभयो।

    आजको गोरखापत्र दैनिकमा समाचार छ ।


    मंगलवार, बैशाख ७ २०७८०६:४२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij