काठमाडौं । काठमाडौंको बसुन्धारास्थित चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्टिच्युटले आज (आइतबार) देखि दुई थप सेवाहरू सञ्चालनमा ल्याएको छ ।
आज एक कार्यक्रमकाबिच हेम बहादुरको गुरुङको अध्यक्षता तथा नेपाल सरकारका मुख्य सचिव शंकर दास वैरागीको विशेष आतिथ्यतामा हेमोडायलासिस केन्द्र र न्यूरोसाइन्स विभाग सेवाहरु सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रममा प्रा.डा.उत्तम शर्मा, डा. अजय प्रधान, डा. लेखजंग थापा, डा. उपेन्द्र जोशी र अमित भट्टराईको सहभागीता रहेको थियो ।
चिरायुले विगत ७ वर्षदेखि सबै किसीमका रोगका बिरामीलाई सेवा दिदै आएको छ ।
सानो क्लीनिकबाट सुरु भएको चिरायु २०७० सालदेखि नेसनल हस्पिटल एन्ड मेडिकल इन्टिच्युटको रुपमा स्थापित भएको छ । प्राइभेट हस्पिटल चिरायुमा सिनियर र दक्ष डाक्टरले सातै दिन र २४ सै घण्टा सेवा दिदै आएको छ ।
प्राइभेट हस्पिटल चिरायुले सेवासुविधामा सरकारी जत्तीकै सस्तो नभएपनि कोरोना महामारीको अवस्थामा कमाउने भन्दा सेवा दिने समय भएको भन्दै अरु हस्पिटलभन्दा धेरै सस्तो सेवा दिदै आएको छ ।