Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपीएलमा आज दुई खेल हुँदै, पहिलो खेल बैंगलोर र कोलकत्ताबीच

आईपीएलमा आज दुई खेल हुँदै, पहिलो खेल बैंगलोर र कोलकत्ताबीच

  • आइतवार, बैशाख ५ २०७८

  • 1.0K
    SHARES

  • आईपीएलमा आज दुई खेल हुँदै, पहिलो खेल बैंगलोर र कोलकत्ताबीच

    एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दुई खेलहरु हुँदै छ ।

    चेन्नईमा हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने छ । बैंगलोर र कोलकत्ताबीचको खेल अपरान्ह ३ः४५ बजे सुरु हुने छ ।

    आज बैंगलोर लगातार तेस्रो जित निकाल्ने योजनामा हुने छ । बैंगलोर तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।

    बैंगलोरले २ खेलमा ४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ । कोलकत्ता भने दोस्रो जितको खोजीमा हुने छ । कोलकत्ता २ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

    मुम्बईमा हुने अर्को खेलमा दिल्ली क्यापिटल्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुने छ । दिल्ली र पन्जाबबीचको खेल साँझ ७ः४५ बजे सुरु हुने छ ।

    दिल्ली दोस्रो जित निकाल्ने योजनामा हुने छ । दिल्लीले २ खेलमा २ अंक जोडेको छ । पन्जाब पनि दोस्रो जितको खोजीमा हुने छ । पन्जाबको २ खेलमा २ अंक रहेको छ ।


    आइतवार, बैशाख ५ २०७८१०:४५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij