Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बार्सिलोनाले जित्यो स्पेनिस कोपा डेल रे फुटबलको उपाधि

बार्सिलोनाले जित्यो स्पेनिस कोपा डेल रे फुटबलको उपाधि

  • आइतवार, बैशाख ५ २०७८

  • 812
    SHARES

  • बार्सिलोनाले जित्यो स्पेनिस कोपा डेल रे फुटबलको उपाधि

    एजेन्सी । बार्सिलोनाले स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि जितेको छ ।

    शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

    बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले एक एक गोल गरे ।

    Image

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको १२ मिनेटभित्र चार गोल गर्दै बार्सिलोना च्याम्पियन बनेको हो ।

    खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ६३ औं मिनेटमा जोङले गोल गर्दा बार्सिलोनाको अग्रता २-० को बन्यो ।

    ६८ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना ३-० ले अघि रह्यो । त्यसपछि खेलको ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

    यससँगै बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको छ । बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेता बनेको छ ।

    दुई साता अघि सन् २०१९र२० को कोपा डेल रेको फाइनलमा बिल्बाओ रियल सोसिडाडसँग १-० ले पराजित भएको थियो ।


    आइतवार, बैशाख ५ २०७८०७:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij