Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश

चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश

  • आइतवार, बैशाख ५ २०७८

  • 981
    SHARES

  • चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश

    एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    शनिबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो ।

    वेम्बलीमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा जिएचले निर्णायक गोल गरेका हुन् ।

    जिएचले टिमो वेर्नेरको पासलाई सदुपयोग गरे ।

    अब चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबिचको विजेतासँग खेल्ने छ । फाइनल खेल आगामी मे १५ मा हुने छ ।


    आइतवार, बैशाख ५ २०७८०७:२१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij