Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

हावाहुरीसँगै परेको चट्याङ लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा तीन जनाको मृत्यु

हावाहुरीसँगै परेको चट्याङ लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा तीन जनाको मृत्यु

  • शुक्रवार, बैशाख ३ २०७८

  • 1.2K
    SHARES

  • हावाहुरीसँगै परेको चट्याङ लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा तीन जनाको मृत्यु

    काठमाडौं । बिहिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा तीन जनाको मृत्यु भएको छ ।

    चट्याङ लागेर अर्का एक जना गम्भीर घाइते भएका छन् ।
    चट्याङ लागेर बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले निवासी ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    चट्याङ लागेर ताराखोला गाउँपालिका–३ रातमाटाकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते हुनुभएको छ ।

    त्यसैगरी स्याङ्जाको फेदीखोला–५ बायाँ फड्केमा पनि चट्याङ लागेर ३९ वर्षीय ईश्वरी लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भैँसी दुहुन गोठमा गएको बेला लामिछानेलाई चट्याङ लागेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मोहन पोखरेलले जानकारी दिनुभयो ।

    चट्याङले गम्भीर घाइते भएका ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी गएराति नै भोजपुरमा पनि हावाहुरीसमित परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

    षडानन्द गाउँपालिका– ८ निगुरेमा चट्याङ लागेर स्थानीय ६० वर्षीया मनमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो ।

    त्यसैगरी चट्याङ लागेर पर्वतको जलजला–८ लुप्राङमा एउटा भैसी, एउटा गोरु र दुईवटा बाख्रा मरेका छन् । गएराति काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा हावाहुरीसहित हल्का वर्षासमेत भएको छ ।

    प्रदेश २ का जिल्लामा ६ महिनापछि गएराति सामान्य वर्षा भएको छ । वर्षा भएपछि आकाशमा लागेको तुवाँलो केही हटेको छ ।


    शुक्रवार, बैशाख ३ २०७८०८:३६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij