Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

आज जुडशीतल पर्व, तराईका पाँच जिल्लामा सार्वजनिक विदा

आज जुडशीतल पर्व, तराईका पाँच जिल्लामा सार्वजनिक विदा

  • बिहिवार, बैशाख २ २०७८

  • 1.1K
    SHARES

  • आज जुडशीतल पर्व, तराईका पाँच जिल्लामा सार्वजनिक विदा

    काठमाडौं । मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदै छ ।

    पर्वको अवसरमा सरकारले झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लामा सार्वजनिक विदा दिएको छ ।

    प्रकृति र स्वास्थ्यसँग सम्बन्धित जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् ।

    यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् ।
    यस क्रममा एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिकरूपले आफन्तलाई आशीर्वाद दिने चलन रहेको छ ।

    पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरूद्ध हुन्छ । वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानवमात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ ।


    बिहिवार, बैशाख २ २०७८१०:०८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij