Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाराको देवताल गाउँपालिकमा अनिश्चितकालीन निषेधाज्ञा जारी

बाराको देवताल गाउँपालिकमा अनिश्चितकालीन निषेधाज्ञा जारी

  • सोमवार, श्रावण ५ २०७७

  • 576
    SHARES

  • बाराको देवताल गाउँपालिकमा अनिश्चितकालीन निषेधाज्ञा जारी


    काठमाडौं । बाराको देवताल गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ७४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिलासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

    सोमबार बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान हुँदै आएका सबै सेवाहरु अर्काे सूचना नहुँदासम्म बन्द गर्न निर्देशन दिनुभएको छ ।

    छिमेकी नगरपालिका र गाउँपालिकाबाट देवताल प्रवेश गर्न र गाउँपालिकाभित्र हुने दैनिक आवतजावत् र सवारीसाधन सञ्चालनमा समेत पूर्णरुपमा निषेध गरिएको छ । हाटबजारसहितका अन्य सबै पसलहरु बन्द गर्न निर्देशन दिइएको छ ।

    देवताल गाउापालिकाभित्र अर्को सूचना जारी नहुन्जेल विवाह व्रतबन्धलगायत धार्मिक तथा साास्कृतिक कार्यहरु पनि नगर्न प्रशासनले निर्देशन दिएको छ । एम्बुलेन्स, अत्यावश्यक खाद्यान्न, औषधि, ग्याँस, दूध, तेलका पसलहरु भने सञ्चालन हुने जिल्ला प्रशशासन कार्यालय बाराले जानकारी दिएको छ ।


    सोमवार, श्रावण ५ २०७७०१:११:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij