Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

इस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि शुरु

इस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि शुरु

  • बुधवार, बैशाख १ २०७८

  • 1.0K
    SHARES

  • इस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि शुरु

    काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आज (बुधबार) देखि शुरु हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् ।

    यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् ।

    उर्दू क्यालेन्डर अनुसार भोलि बिहान सवा ४ बजेबाट बेलुका ६ बजेर २० मिनेटसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।

    रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।

    रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

    देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नास हुने धार्मिक विश्वास रहेको छ ।

    वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ ।


    बुधवार, बैशाख १ २०७८०७:५३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij