Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बिस्केट जात्राको आज मुख्य दिन, लिङ्गो उठाइँदै

बिस्केट जात्राको आज मुख्य दिन, लिङ्गो उठाइँदै

  • मंगलवार, चैत्र ३१ २०७७

  • 749
    SHARES

  • बिस्केट जात्राको आज मुख्य दिन, लिङ्गो उठाइँदै

    काठमाडौं । भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्राको क्रममा आज लिङ्गो उठाइँदै छ ।

    चैत मसान्तको दिन गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो ईन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ ।

    चैत मसान्तमा ईन्द्रध्वजासहितको लिङ्गो उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवं पूजा गरी बेलुकी लिङ्गो ढाल्ने परम्परा छ ।

    लिच्छविकालदेखि बिस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् ।

    परापूर्वकालदेखि चलिआएको विश्व प्रसिद्ध यो जात्रा बिस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ ।


    मंगलवार, चैत्र ३१ २०७७१०:५७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij