Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइपिएलमा आज मुम्बई र कोलकाता भिड्ने

आइपिएलमा आज मुम्बई र कोलकाता भिड्ने

  • मंगलवार, चैत्र ३१ २०७७

  • 650
    SHARES

  • आइपिएलमा आज मुम्बई  र कोलकाता  भिड्ने

    एजेन्सी । पन्जाब किंग्सले चेन्नइमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोमाञ्चक जित हात पारेको छ ।

     मुम्बईमा गएराति भएको खेलमा राजस्थानलाई ४ रनले हराउँदै रोमाञ्चक विजयी सुरवात गरेको हो ।

    जितका लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो । राजस्थानका कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्कासहित सर्वाधिक १ सय १९ रनको उत्कृष्ट शतकीय कीर्तिमानी इनिङ खेलेपनि टोली विजयी हुन सकेन ।

    त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । पन्जाबका कप्तान लोकेश राहुलले ५० बलमा ७ चौका र ५ छक्का सहित ९१ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

    दीपक हुडाले २८ बलमा ४ चौका र ६ छक्का सहित ६४ रनको विष्फोटक इनिङ खेले । यसैबीच आईपिएल क्रिकेटमा आजबाट दोस्रो चरणका खेलहरु सुरु हुने छन् ।

    आज चेन्नाईमा हुने खेलमा कोलकाता नाइट राईडर्स र मुम्बई इण्डीयन्स भिड्ने छन् ।


    मंगलवार, चैत्र ३१ २०७७०८:१४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij