Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

दोलखाको बिगुमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

दोलखाको बिगुमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

  • मंगलवार, चैत्र ३१ २०७७

  • 634
    SHARES

  • दोलखाको बिगुमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

    काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको दोलखाका डिएसपी भेषराज रिजालले जानकारी दिनुभएको छ ।

    मृत्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा छन् ।

    चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना भएको हो । दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । गए राति साढे १० बजे दुर्घटना भएपछि निमित्त प्रमुख जिल्ला अधिकारी बद्री तिवारी र डिएसपी रिजाल घटनास्थलमा प्ग्नुभएको थियो ।

    घाइतेमध्ये १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको डिएसपी रिजालले बताउनुभएको छ ।


    मंगलवार, चैत्र ३१ २०७७०७:४९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij