Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : देशमा स्थानीय वायु र पश्चिमी न्युनचापीय रेखाको प्रभाव

मौसम पूर्वानुमान : देशमा स्थानीय वायु र पश्चिमी न्युनचापीय रेखाको प्रभाव

  • मंगलवार, चैत्र ३१ २०७७

  • 1.1K
    SHARES

  • मौसम पूर्वानुमान : देशमा स्थानीय वायु र पश्चिमी न्युनचापीय रेखाको प्रभाव

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी न्युनचापीय रेखाको समेत प्रभाव रहेको छ ।

    हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा र देशका धेरै स्थानहरूमा तुवाँलो लागिरहेको महाशाखाले जानकारी दिएको छ ।

    यसैगरी, आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली हुने साथै बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

    यता, पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने देशका केहि भूभागमा तुवाँलोको असर रहने महाशाखाले जनाएको छ ।

    त्यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।


    मंगलवार, चैत्र ३१ २०७७०७:४४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij