काठमाडौं । नेपाली रेडियो नेटवर्क (एनआरएन)कर्मी डाकमान राई नेपाल पत्रकार महासंघ सोलुखुम्बुको सह–सचिवमा निर्वाचित हुनुभएको छ ।
यहि चैत २५ गते भएको प्रत्यक्ष निर्वाचनमार्फत आफ्नो प्रत्यासी उम्मेदवारलाई १२ मतले पछि पार्दै राई निर्वाचित हुनुभएको हो ।
विगत लामो समयदेखि पत्रकारीतामा सक्रिय राई खसेको कुल ६० मा ३६ मत ल्याएर महासंघको जिल्ला सह–सचिवमा निर्वाचित हुनुभएको हो ।
पत्रकार राई विगत साढे दुई वर्षदेखि नेपाली रेडियो नेटवर्कको समाचार शाखामा कार्यरत हुनुहुन्छ ।
राईले आफु निर्वाचीत पछि सम्पुर्ण मतदाता र शुभचिन्तकलाई धन्यवाद दिँदै आफ्नो तीनवर्षे कार्यकाल इमानदार र कर्तव्यनिष्ठका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
निर्वाचित राईलाई नेपाली रेडियो नेटवर्कका अध्यक्ष ऋषि धमलासहित सम्पूर्ण सहकर्मीले आज (सोमबार) एक कार्यक्रमकाबीच खादा लगाएर सम्मान गरेका थिए ।