Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

नेपालमा आज थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

  • सोमवार, चैत्र ३० २०७७

  • 1.3K
    SHARES

  • नेपालमा आज थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४ हजार ३७८ जनाको पीसीआर गर्दा ४९६ र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज थपिएकामध्य सबैभन्दा बढि काठमाडौँमा १५९ जना, ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।

    यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको कुल संख्या ३ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् ।

    नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । त्यस्तै, नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।


    सोमवार, चैत्र ३० २०७७०५:५८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij