Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

  • सोमवार, चैत्र ३० २०७७

  • 875
    SHARES

  • एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

    एजेन्सी । एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

    आइतबार राति भएको खेलमा रियल बेटिससँग १–१ गोलको बराबरी खेल्दै एट्लेटिको शीर्ष स्थानमा फर्किएको हो ।

    बेटिसको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको बराबरीमा रोकिएको हो ।

    खेलको पाँचौ मिनेटमा यान्निक कारस्कोले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाएका थिए ।

    तर, खेलको २० औं मिनेटमा बेटिसका क्रिस्टियन टेलोले गोल गरेपछि एट्लेटिको १–१ गोलको बराबरीमा रोकिन बाध्य भयो ।

    यस बराबरीसँगै एट्लेटिको रियल मड्रिडलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लन भने सफल भएको छ ।

    एट्लेटिकोले ३० खेलमा ६७ अंक जोडेको छ । रियलको ६६ अंक रहेको छ । रियल बेटिस ४७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।


    सोमवार, चैत्र ३० २०७७०९:४४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij