Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गोंगबुको गेष्ट हाउसमा एक पुरूष मृत भेटिएपछि...

गोंगबुको गेष्ट हाउसमा एक पुरूष मृत भेटिएपछि...

  • आइतवार, चैत्र २९ २०७७

  • 955
    SHARES

  • गोंगबुको गेष्ट हाउसमा एक पुरूष मृत भेटिएपछि...

    काठमाडौं । काठमाडौंको गोंगबुस्थित एउटा गेष्ट हाउसमा एक पुरूषको शव फेला परेको छ । गएराति पौने १० बजे गोंगबुको मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्ट हाउसमा एक पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    gogawari.jfif

    मृतक स्याङ्जा घर भइ हाल नवलपरासीमा बस्दै आएका नारायण घर्ती मगर रहेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमर्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

    प्रहरीले मृतकबाट नागरिकताको फोटोकपी पनि फेला पारेको छ । शरिरमा बाहिरी चोटपटक नदेखिएको र थप कुरा पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ ।

    शनिबार उनले गेष्ट हाउसको २०४ नम्बरको कोठामा राजु क्षेत्रीको नाममा इन्ट्री गरेका थिए ।

    मृतकका परिवार काठमाडौं आउँदै गरेको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


    आइतवार, चैत्र २९ २०७७०१:१२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij