Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिरहामा डकैतीपछि सुनचाँदी व्यवसायीको गोली हानी हत्या

सिरहामा डकैतीपछि सुनचाँदी व्यवसायीको गोली हानी हत्या

  • आइतवार, चैत्र २९ २०७७

  • 943
    SHARES

  • सिरहामा डकैतीपछि सुनचाँदी व्यवसायीको गोली हानी हत्या

    काठमाडौं । हतियारधारी समूहको आक्रमणबाट गएराति सिरहाको गढिया चौकका एक सुनचाँदी व्यवसायीको हत्या भएको छ ।

    पसल लुट्न आएका ६÷७ जनाको समूहले व्यवसायीको हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा.तपनकुमार दाहालका अनुसार शनिबार राति पौने १२ बजेतिर हतियारधारी समूहले लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका प्रदिप मिझारको हत्या गरेका हुन् ।

    टाउको, अनुहार र हातमा खुकुरी प्रहार र छातीमा गोली लागि घाइते मिझारको लहानस्थित सप्तऋषी अस्पतालमा उपचारको क्रममा आज बिहान साढे चार बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सो समूहले सुनचाँदी र नगद पनि लुटपाट गरेका छन् ।

    हत्या गरिएका मिझारकी श्रीमती अनिता दुलाल पनि घाइते छन् । दाहिने हातमा खुकुरी प्रहारबाट घाइते भएकी अनिताको सप्तऋषी अस्पतालमा उपचार भइरहेको छ ।

    हत्यामा संलग्न भएको आशंकामा प्रहरीले लहान नगरपालिका–७ का रामकृष्ण चौधरी र लहान नगरपालिका–२३ का सूर्य सहनीलाई फलामको छिनोसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दाहालले जानकारी दिनुभयो ।

    हत्या भएका मिझार लहान नगरपालिका–२२ सिसवनी घरभई गढिया चौकमा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गर्दै आएका थिए ।

    श्रीमतीसँग त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    आइतवार, चैत्र २९ २०७७०८:२४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij