Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बार्सिलोनालाई हराउँदै रियल ला लिगाको शीर्ष स्थानमा

बार्सिलोनालाई हराउँदै रियल ला लिगाको शीर्ष स्थानमा

  • आइतवार, चैत्र २९ २०७७

  • 900
    SHARES

  • बार्सिलोनालाई हराउँदै रियल ला लिगाको शीर्ष स्थानमा

    एजेन्सी । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

    शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि २–१ गोलको जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

    घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे । बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काए ।

    खेलको १३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई २–० को अग्रता दिलाए ।

    खेलको ६० औं मिनेटमा ओस्कारले एक गोल फर्काएपनि बार्सिलोना २–१ ले पराजित भयो ।

    यस्तै खेलको इन्जुरी समय कासिरिमोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

    जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

    एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अंक रहेको छ । बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


    आइतवार, चैत्र २९ २०७७०७:३१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij