Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपीएलको उद्घाटन खेलमा बैंग्लोरको रोमाञ्चक जित, मुम्बई स्तब्ध

आईपीएलको उद्घाटन खेलमा बैंग्लोरको रोमाञ्चक जित, मुम्बई स्तब्ध

  • शनिवार, चैत्र २८ २०७७

  • 684
    SHARES

  • आईपीएलको उद्घाटन खेलमा बैंग्लोरको रोमाञ्चक जित, मुम्बई स्तब्ध

    काठमाडौं । शुक्रबारदेखि सुरु भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले रोमाञ्चक जित निकालेको छ ।

    शुक्रबार राति चेन्नइमा सम्पन्न खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो । रोमाञ्चक खेलमा बैंग्लुरुका एबी डिविलियर्स​ले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ग्लेन माक्सवेलले ३९, कप्तान विराट कोहलीले ३३ रनको योगदान दिँदा वासिंगन सुन्दरले १० रनको योगदान दिए । अन्य ब्याट्सम्यान भने खासै चल्न सकेनन् ।

    टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बई टीमले २० ओभरको खेलमा ९ विकेट गुमाएर १५९ रन बनायो । १६० रनको जुन लक्ष्य बैंग्लोरले अन्तिम बलमा ८ विकेट खर्चिएर पुरा गरेको हो ।

    मुम्बईको नेतृत्व रोहित शर्माले गरेका छन् भने बैंग्लोरको नेतृत्व विराट कोहलीले गरेका छन् ।

    यसअघि बैंग्लोरले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेका थियो भने तीनै पटक उसले हार ब्यहोरेको थियो ।बैंग्लोर सन् २००९, २०११ र २०१६ मा गरी तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन रहेको छ ।

    यस्तै आजको खेलमा पराजित बनेको मुम्बईले सन् २०१३ मा पहिलो उपाधि जितेको थियो । त्यसपछि रोहितको कप्तानीमा मुम्बईले सबैभन्दा बढी ५ पटक उपाधि जितेको थियो ।

    शुक्रबारको खेलमा ब्याटिङतर्फ मुम्बईका लागि क्रिस लिनले सर्वाधिक ४९ रन बनाए भने इशास किसानले २८ र कप्तान रोहित शर्माले १९ रन बनाए । यस्तै सूर्यकुमार यादवले ३१ र हार्दिक पाण्डेले १३ रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

    आईपीएलको अर्को खेल शनिबार चेन्नइ सुपर किग्स र दिल्ली क्यापिटल्सबीच हुने छ ।


    शनिवार, चैत्र २८ २०७७०६:२८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij