Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
युरोपा लिग :

आर्सनल स्लाभिया प्रागसँग १–१ गोलको बराबरीमा रोकियो

आर्सनल स्लाभिया प्रागसँग १–१ गोलको बराबरीमा रोकियो

  • शुक्रवार, चैत्र २७ २०७७

  • 809
    SHARES

  • आर्सनल स्लाभिया प्रागसँग १–१ गोलको बराबरीमा रोकियो

    एजेन्सी । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ ।

    बिहीबार राति भएको खेलमा आर्सनलले चेक रिपब्लिकको स्लाभिया प्रागसँग १–१ गोलको बराबरी खेलेको हो ।

    घरेलु मैदानमा सुरुवाती अग्रता बनाएपनि आर्सनलले त्यसलाई जोगाउन सकेन । खेलको ८६ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाएका थिए ।

    तर, खेलको इन्जुरी समयमा स्लाभियाका टोमस होल्सले गोल गरेपछि आर्सनल जित निकाल्न बन्चित भएको थियो ।

    यस बराबरीसँगै दुबै टिमको सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ । दुई टिमबीचको दोस्रो लेग अप्रिल १६ मा हुने छ ।

    यस्तै, युरोपा लिग अन्तर्गत नै इटालियन क्लब रोमाले डच क्लब आयाक्सलाई २–१ ले हराएको छ ।

    भिल्ला रियलले डिनामो जाग्रेबलाई १–० ले हराएको छ ।


    शुक्रवार, चैत्र २७ २०७७०८:२२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij