Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

युरोपा लिग ः म्यानचेस्टर युनाइटेडले ग्रानडालाई २–० गोल अन्तरले हरायो

युरोपा लिग ः म्यानचेस्टर युनाइटेडले ग्रानडालाई २–० गोल अन्तरले हरायो

  • शुक्रवार, चैत्र २७ २०७७

  • 992
    SHARES

  • युरोपा लिग ः म्यानचेस्टर युनाइटेडले  ग्रानडालाई २–० गोल अन्तरले हरायो

    एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।

    बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

    ग्रानडाको मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे । खेलको ३१ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए ।

    त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए । यस जितसँगै युनाइटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

    ग्रानडालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ । युनाइटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुने छ ।


    शुक्रवार, चैत्र २७ २०७७०८:१६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij