Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

बाढी–पहिरोमा परेका घर पुनर्निर्माण गर्न ५० करोड दिइने, कति छन् घर ?

बाढी–पहिरोमा परेका घर पुनर्निर्माण गर्न ५० करोड दिइने, कति छन् घर ?

  • बिहिवार, चैत्र २६ २०७७

  • 1.0K
    SHARES

  • बाढी–पहिरोमा परेका घर पुनर्निर्माण गर्न ५० करोड दिइने, कति छन् घर ?

    काठमाडौं । गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएको बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनर्निर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनिकरणको राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ताको रकम दिने निर्णय गरेको हो ।

    विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल पोखरेलका अनुसार विपद् व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँबाट तीन हजार घर पुनर्निर्माणका लागि रकम दिने निर्णय भएको छ ।

    घर पुननिर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडीमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ प्रतिघर दिने कार्यविधिमा उल्लेख छ । बैठकमा यस वर्ष आगलागीबाट क्षति पुगेका घरको पुनर्निर्माणमा सहयोग गर्ने सम्बन्धमा पनि तयारी थाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ ।

    गत २१ चैतमा बाँकेको नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा भएको आगलागीमा परेर १२० वटा घर टहरा जलेका थिए, जुम्लाको तिला गाउँपालिकामा पनि ३५ घर नष्ट भएका छन् ।

    ती ठाउँमा घर निर्माणका लागि सहयोग गर्न एकीकृत कार्यविधि बनाउने तयारी थालिएको प्राधिकरणका सिइओ पोखरेलले बताउनु भएको छ ।

    यस्तै, प्रधानमन्त्री ओलीले डढेलो बढिरहेको उल्लेख गर्दै नियन्त्रणका लागि सबै स्रोत र जनशक्ति प्रयोग गर्न विपद् व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिनुभएको छ । डढेलोका कारण वायु प्रदूषणसमेत बढिरहेको उल्लेख गर्दै ओलीले यसलाई ठूलो विपदको रुपमा लिएर नियन्त्रणका लागि गम्भीर बन्न निर्देशन दिनुभएको हो ।

     


    बिहिवार, चैत्र २६ २०७७०३:४१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij